एसबीआई बैंक र कैलालीको ओमकृष्ण अस्पतालबीच सहकार्य

हिमाल प्रेस २० पुष २०८० १२:४७
एसबीआई बैंक र कैलालीको ओमकृष्ण अस्पतालबीच सहकार्य

काठमाडौँ– नेपाल एसबीआई बैंक लिमिटेड र ओमकृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि टिकापुर कैलालीबी सहकार्य भएको छ।

सहकार्यको सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई अस्पतालका विभिन्न सेवामा छुट प्राप्त हुनेछ। सम्झौतामा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालकी अध्यक्ष रत्ना उपाध्याय बजगाईले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २० पुष २०८० १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =