ग्लोबल आइएमई बैंकद्वारा पश्चिम नेपालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

हिमाल प्रेस २० पुष २०८० १२:३६
ग्लोबल आइएमई बैंकद्वारा पश्चिम नेपालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पश्चिम नेपालका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले पाल्पाको रैनादेवी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा स्वास्थ्य चौकीमा शिविर आयोजना गरेको हो।

उक्त शिविरमा ३५० भन्दा बढी महिलाले स्वास्थ्य चेकजाँच गराएका थिए। ग्लोबल आइएमई १७ गतेदेखि १८औँ वर्षमा प्रवेश गरेको छ।

वार्षिकोत्सवको अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा देशभर एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा–स्वास्थ्य पीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवा निःशुल्क रूपमा उपलब्ध गराइरहेका छन्। प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्दै स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरि उपचार गरिने बैंकले जनाएको छ।

प्रकाशित: २० पुष २०८० १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =