मुक्तिनाथ विकास बैंक १८औँ वर्षमा प्रवेश

हिमाल प्रेस २० पुष २०८० १२:२३
मुक्तिनाथ विकास बैंक १८औँ वर्षमा प्रवेश

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेड १८औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले वृहत रक्तदान, विभिन्न सामाजिक काम र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीलाई सम्मान गरेको छ।

वार्षिकोत्सवको अवशरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डा. महावीर पुनद्धारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि ५ लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ।

यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित वृहत रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन भएको छ। यस अवसरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथलाय, बालआश्रम तथा वृद्धाश्राममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टबिन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ।

प्रकाशित: २० पुष २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =