मौसम : तराईमा हुस्सु,उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

हिमाल प्रेस २० पुष २०८० ६:२९
16
SHARES
मौसम : तराईमा हुस्सु,उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना फाइल तस्बिर

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

मौसमबारे नियमित जानकारी दिँदै महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागमा मौसम सामान्यतया सफा जनाएको हो।

महाशाखाले हाल तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिँदै महाशाखाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

त्यस्तै राति भने कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात र तराईका केही भू-भागमा हुस्सु तथा कुहिरोको कारण हुनसक्ने असरबाट जोगिन आवश्यक उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २० पुष २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =