प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस १९ पुष २०८० १९:१५
6
SHARES
प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरानाबीच बिहीबार जंगी अड्डामा शिष्टाचार भेट भएको छ।

भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रकाशित: १९ पुष २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =