माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा डिजिटल साक्षरता

हिमाल प्रेस १९ पुष २०८० १५:५६
माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा डिजिटल साक्षरता

काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरूको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ।

स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा पर्यटकलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो। यो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयबीच अन्तरकृया कार्यक्रमसमेत सञ्चालन गरि नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर पस, एनएफसी सेवाको महत्त्वबारे अवगत गराइएको थियो। अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा रहेका छन्।

प्रकाशित: १९ पुष २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =