शिक्षकले पारिश्रमिकमा मात्रै ध्यान दिएका छैनन् : अध्यक्ष तुलाधर

हिमाल प्रेस १९ पुष २०८० १५:१७
2.5k
SHARES
शिक्षकले पारिश्रमिकमा मात्रै ध्यान दिएका छैनन् : अध्यक्ष तुलाधर

काठमाडौँ- नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान नदिएको बताएकी छिन्।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको बुधबारकाे बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा महासंघतर्फबाट बोल्दै तुलाधरले सो कुरा बताएकी हुन्।

उनले शिक्षालाई आमूल परिवर्तन गर्नका लागि ऐनलाई समयानुकूल बनाउनुपर्ने बताउँदै विद्यालयमा स्रोत जुटाउनका लागि कानुनमै व्यवस्था हुनुपर्ने सुझाव दिइन्।

तुलाधरले शिक्षकलाई कारबाही गर्ने अधिकार स्थानीय सरकारलाई दिँदा पूर्वाग्रह देखिनसक्नेतर्फ समितिकाे ध्यानाकर्षण गराइन्।

प्रकाशित: १९ पुष २०८० १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =