महालक्ष्मी विकास बैंक र अपोलो डाइग्नोस्टिकबीच सम्झौता

हिमाल प्रेस १९ पुष २०८० १२:१४
महालक्ष्मी विकास बैंक र अपोलो डाइग्नोस्टिकबीच सम्झौता

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरि अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही काठमाडौँमा रहेको अपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। हेल्थ प्याकेज र रुटिन टेस्टमा २५ प्रतिशत छुट, आउटसोर्स टेस्टमा १० प्रतिशत छुट पाइने सम्झौतामा जनाइएको छ।

प्रकाशित: १९ पुष २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =