मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवमा ५ हजार हातपर्ने योजना

हिमाल प्रेस १८ पुष २०८० १४:४७
मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवमा ५ हजार हातपर्ने योजना

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा आफ्नो ग्राहकहाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ। पहिलो योजनाअनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको हो। यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की ड्रमार्फत २०० को टपअप प्राप्त गर्नेछन्। यो योजना २०८० पुस १९ गतेदेखि २५ गते सम्मका लागि रहने छ।

दोस्रो योजनाअनुसार बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ। यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकले पहिलो पटक बिल भुक्तानी गरेमा भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।

पहिलेदेखि बिल भुक्तानी गरिरहेका ग्राहकले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहकमध्ये बिजुलीको बिलअन्तर्गत १ जना र इन्टरनेट बिल अन्तर्गत १ जना ग्राहकले लक्कीड्र मार्फत ५ महिनासम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। यो योजना पुस १९ गतेदेखि माघ १९ गते सम्मका लागि हुनेछ।

तेस्रो योजनाअनुसार बैंकको क्यूआर मर्चेन्ट भइ कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेको मर्चेन्टले यस अवधिमा एक पटक वा पटकपटक गरि ५०० सम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहकमध्ये ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन्। यो योजना २०८० पुस १९ गतेदेखि माघ १९ गते सम्मका लागि हुनेछ।

प्रकाशित: १८ पुष २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =