रेड्मी १२ सी छुट मूल्यमा

हिमाल प्रेस १८ पुष २०८० १३:२३
रेड्मी १२ सी छुट मूल्यमा

काठमाडौँ– टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्ष २०२४ को उत्सवमा आफ्नो लोकप्रिय स्मार्टफोन रेड्मी १२ सी को मूल्य घटाएको छ। आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेड्मी १२ सीमा अफर स्वरुप मुल्य घटाइएको शाओमीले जनाएको छ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्युले भने, ‘नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनुको लागि रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौँ। हामी विश्वस्त छौँ की रेड्मी १२ सीले प्रभावशाली सुविधा र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहने छ।’

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ। रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ। जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१ याच डी+ डिस्प्ले रहेको छ। फोनको फिंगरप्रिन्ट सेन्सरले तपाईंको डाटा २४/७ सुरक्षित छ भनी सुनिश्चित गर्दछ।

रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ। यो ४ जीबी + ६४ जीबी र ६जीबी + १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ। यसको रेडमी १२ सी ४+६४ जीबीको वास्तविक मूल्य १४ हजार ४९९ हो र छुट मूल्य १२ हजार ९९९ कायम गरिएको छ। रेडमी १२ सी ६+१२८ जीबीको वास्तविक मूल्य १६ हजार ९९९ र छुट मूल्य १५ हजार ९९९ रहेको छ।

प्रकाशित: १८ पुष २०८० १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =