टीभीएस आइक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

हिमाल प्रेस १८ पुष २०८० १३:१२
टीभीएस आइक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

काठमाडौँ– नेपालका लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर आइक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ।

टीभीएस आइक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो। बेस्ट इन क्लास इन्डुरेन्स (सिंगल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्यजस्ता विशेषताले गर्दा लन्च भएको ४ महिनाभन्दा कम समयमा नै आइक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको हो।

यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बनडाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ। जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो। साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ। सम्रगमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ।

विश्वव्यापी रूपमा टीभीएस आइक्युब २ लाख २५ हजार घरमा पुग्न सफल भएको छ। १.२५ बिलियन किलोमिटरभन्दा बढी दूरी गुड्दा टीभीएस आइक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार ७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ। जुन १.७ मिलियन रूख रोपेको बराबर हुन्छ।

१ लाख किमीको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टीभीएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रालिको सहकार्यमा टीभीएस आइक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ।

नक्सालको टीभीएस शोरुमबाट सुरू भइ भक्तपुरमा समाप्त भएको आइक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरको सहभागिता थियो। यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनी प्रदूषण रोक्नमा पहल गर्नु थियो।

टिभिएस आइक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ। शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आइक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ। पावर इको मोडले राइडलाई रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ। ७ इन्चको टीएफटी क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदान गर्दछ।

प्रकाशित: १८ पुष २०८० १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =