ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

हिमाल प्रेस १८ पुष २०८० १२:५४
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

ग्लोबल आइएमई बैंक पुस १७ गतेदेखि १८औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले मंगलबार देशभर एकैसाथ रक्तदान कार्यक्रमका साथसाथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो।

यस कार्यक्रमअन्तर्गत सुनसरीको इटहरी शाखा, सिरहाको गोलबजार शाखा, काठमाडौँको कान्तिपथ शाखा, चितवन नारायणगढ शाखा, कास्कीको पोखरा न्यूरोड शाखा, रुपन्देहीको बुटवल मिलनचोक शाखा, बाँकेको नेपालगञ्ज शाखा, सुर्खेतको विरेन्द्रनगर शाखा र कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताबाट ४३९ लिटर रगत संकलन गरिएको थियो। यसैगरि निःशुल्क रूपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवम् परामर्श पनि प्रदान गरिएको छ।

प्रकाशित: १८ पुष २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =