एमाले प्रदेश पदाधिकारीको १९ गते काठमाडौँमा भेला हुने

हिमाल प्रेस १८ पुष २०८० ७:०८
8
SHARES
एमाले प्रदेश पदाधिकारीको १९ गते काठमाडौँमा भेला हुने

काठमाडौँ- नेकपा एमाले प्रदेश पदाधिकारीको यही पुस १९ गते काठमाडौँमा भेला हुने भएको छ।

नवनिर्वाचित प्रदेशका पदाधिकारीको १९ गते भेला हुन लागेको हो। भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए।

उनका अनुसार भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइनेछ।

भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। पार्टी नेताहरूले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ।

प्रकाशित: १८ पुष २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =