यश कुमारको ‘तिमी छौ र त’मा ब्राह्मण युवा र लिम्बु युवतीको प्रेमकथा

हिमाल प्रेस १७ पुष २०८० १९:५६
16
SHARES
यश कुमारको ‘तिमी छौ र त’मा ब्राह्मण युवा र लिम्बु युवतीको प्रेमकथा

काठमाडौँ- गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्र‌ंसशा गरेका हुन्।

‘यो गीत हेरेपछि मलाई असहज पनि भयो। किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ। यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ,’ मन्त्री किरातीले भने, ‘यसलाई मनोरञ्जनको रूपमा मात्र लिनु हुँदैन। यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल ग्रार्हस्थ उत्पादनमा समेत टेवा दिन्छ।’

उनले मनाङ र मुस्ताङमा बढेको पर्यटकमा नेपाली गीत संगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रूपमा विकसित गर्न सके राम्रो हुने बताए। सरकारले लक्ष्य लिएको १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएको जानकारी दिदै मन्त्री किरातीले गीतसंगीत र सिनेमासँग जोडिएका सर्जकलाई धन्यवाद दिए।

गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्न खोजेको बताए। ‘मैले सुरुआती समयदेखि नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहीअनुरूप सिर्जना गरिरहेको छु। यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु। यसले समाजमा थोरै भए पनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु,’ यश कुमारले भने।

कार्यक्रममा उनले प्रेमले कुनै पनि जात नहेर्ने बताए। आफूले यो गीतमा ब्राह्मण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उल्लेख गरेका छन्।

गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरूले अश्लील शब्दको रूपमा बुझेर गाली नगरी दिन आग्रह समेत गरे।

गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १७ पुष २०८० १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =