लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई न्यू इयर डिलाइट २०२४ योजना

हिमाल प्रेस १६ पुष २०८० १६:२२
लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई न्यू इयर डिलाइट २०२४ योजना

काठमाडौँ– नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई न्यू इयर डिलाइट २०२४ योजना ल्याएको छ। पुस १६ देखि सुरु भएको योजनामा ग्राहकले ५ लाखसम्मको नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजारको गो–ग्रीन बोनस प्राप्त गर्नेछन्।

यो योजनामा गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र विद्युतीय गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ भन्दा बढी चारजिङ पोइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: १६ पुष २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =