कारको ठक्करबाट दुईजनाको मृत्यु

हिमाल प्रेस १६ पुष २०८० ९:५१
4
SHARES
कारको ठक्करबाट दुईजनाको मृत्यु

बाँके- बाँकेको नेपालगन्‍जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

नेपालगन्‍जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगन्‍ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै आइतबार राति ठक्कर दिँदा नेपालगन्‍ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ।

अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए। दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगन्‍ज–१३ की सहाना शाह घाइते भएकी छिन्। उनको नेपालगन्‍ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १६ पुष २०८० ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =