यस्तो छ मौसम

हिमाल प्रेस १६ पुष २०८० ६:३२
4
SHARES
यस्तो छ मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका भूभागमा बिहानीपख हुस्सुरकुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित: १६ पुष २०८० ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =