ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

हिमाल प्रेस १५ पुष २०८० १७:०१
ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा शिविर आयोजना गरेको हो। शिविरमा २०० भन्दा बढी महिलाले स्वास्थ्य जाँच गराएका थिए।

पुस १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७औँ वर्ष पूरा गर्दैछ। यही अवसरमा बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा देशभर निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।

शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवा निःशुल्क दिइरहेका छन्।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान हुनेछ। जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरि उपचार गरिने बैंकले जनाएको छ।

प्रकाशित: १५ पुष २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =