१० करोडमा घर किन्दै गण्डकी एमाले

हिमाल प्रेस १५ पुष २०८० ७:४६
12
SHARES
१० करोडमा घर किन्दै गण्डकी एमाले

पोखरा- नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कार्यालय प्रयोजनका लागि दश करोडमा घर किन्ने भएको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ को सिमलचौर नजिक रहेको घर करिब १० करोडमा किन्ने निर्णय भएको एमाले गण्डकी अध्यक्ष नवराज शर्माले जानकारी दिए।

एमाले प्रदेश समितिको पहिलो बैठकले घर किन्ने निर्णय लिएको हो। यसका लागि पन्ध्र लाख रुपैयाँ बैनासमेत दिइसकेको अध्यक्ष शर्माले बताए। एमाले गण्डकीले अहिले पोखराको नयाँ बजारमा भाडाको घरमा प्रदेश कार्यालय चलाइरहेको छ।

‘९ करोड ६५ लाखमा घर किन्ने निर्णय भएको छ। १५ लाख बैनासमेत दिइसकेका छौँ,’ शर्माले भने। आवश्यक हल निर्माण र घर व्यवस्थापन गर्न थप एक करोड खर्च हुने उनको अनुमान छ।

पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सहयोग गर्ने वचन दिएकाले सोहीबाट बाँकी रकम तिर्ने एमाले गण्डकीको तयारी छ। यसअघिको एमाले गण्डकीको बैठकले प्रत्येक सदस्यबाट ५ सय नघट्ने गरी रकम उठाउने निर्णय लिएको थियो। गण्डकीमा एमालेका ६५ हजार पार्टी सदस्य रहेको बताइन्छ।

बैठकले कमिटीका सदस्यहरूको कार्य विभाजनसमेत गरेको छ। यसैबीच, एमालेले गण्डकी प्रदेशका ११ जिल्लाका अधिवेशन चैतभित्रै सक्ने निर्णयसमेत गरेको छ।

बैठकमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कामकाजी कार्य योजनासहित अघि बढ्न प्रदेश कमिटीलाई निर्देशन दिए। गोरखापत्र दैनिकबाट

प्रकाशित: १५ पुष २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =