सामसङले ल्यायो ग्यालेक्सी ए–२५ फाइभजी

हिमाल प्रेस १२ पुष २०८० १६:११
8
SHARES
सामसङले ल्यायो ग्यालेक्सी ए–२५ फाइभजी

काठमाडौँ– सामसङले ग्यालेक्सी ए–२५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। यो स्मार्टफोनमा फूल एचडी प्लस रिजोलुसन र भिजन बुस्टरका साथ ६.५ इञ्चको सुपर एमिलोड स्क्रिन छ। यसमा १३ एमपीको सेल्फी क्यामेरा र ओआइएस र भीडीआइएसयुक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ। जसले प्रयोगकर्तालाई स्थिर, धमिलोरहित फोटो र भिडियो खिच्न सहयोग गर्दछ। यसका साथै ए–२५ मा ८ एमपीको अल्ट्रा वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरासमेत दिइएको छ।

यस स्मार्टफोनमा एक्सीनोस १२८० प्रोसेसर जडित छ। यसमा १२० हर्जको फोन रिफ्रेसदर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध रहने कम्पनीको दाबी छ। सामसङ ग्यालेक्सी ए–२५ फाइभजीसँग सामसङ नक्स भल्टकोे साथ छ। जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन नदिने कम्पनीको दाबी छ।

ग्यालेक्सी ए–२५ फाइभजीमा ५००० एमएएचको ब्याट्री रहेको छ। यसमा सामसङ २५ वाटको टाइप सी चार्जर दिइएको छ। यो स्मार्टफोन ८ जीबी र्‍याम र १२८/२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ। यसमा माइक्रो एसडी कार्डको प्रयोग गरी थप १ टीबीसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ। यो फोन गाढा नीलो, नीलो र पहेँलो गरी ३ रंगमा पाइने कम्पनीले जनाएको छ।

८/१२८ जीबीको मूल्य ४० हजार ९९९ र ८/२५६ जीबीको मूल्य ४४ हजार ९९९ तोकिएको छ। सामसङ स्टोरबाट इन्स्टा फाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता तिरेर पनि यो फोन किन्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ पुष २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 13 =