सांस्कृतिक कार्यक्रम गरी अमेरिकामा मनाइयो ल्होछार

हिमाल प्रेस १२ पुष २०८० १६:११
162
SHARES
सांस्कृतिक कार्यक्रम गरी अमेरिकामा मनाइयो ल्होछार

न्युयोर्क- द गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०८० विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएको छ। सोसाइटीको आयोजनामा यो वर्ष हि ल्हो अर्थात बिरालो वर्गको बिदाइ तथा मुप्री ल्हो अर्थात गरुड वर्गको स्वागत गर्दै डिसेम्बर २३ तारिखका दिन विभिन्न साँस्कृतिक कार्यक्रमसाथ न्यूयोर्कको टिबेटियन कम्युनिटी हलमा मुप्री ल्होछार मनाइएको हो। गुरुङ जातिले विभिन्न १२ वटा जीवजन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउँछन्।

जेष्ठ नागरिक ८७ वर्षीय चमनसिंङ घले, प्रमुख अतिथि कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र द गुरुङ (तमु) अध्यक्ष ओम गुरुङले संयुक्त रूपमा पानसमा दीप बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।  कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक महावाणिज्यदूत गौतमले नेपाललगायत विदेशी भूीममा पनि भाषा, संस्कार, संस्कृति र परम्परा जोगाउनको लागि सोसाइटीले गरिरहेको कामको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

गुरुङहरू समुदायले नेपालको आदिमकालदेखि नेपाल निर्माणमा होस् वा विश्व शान्ति सेना स्थापनामा, गुरुङ समुदायका युवाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विश्वमा नै नेपालको शीर उँचो पार्न गुरुङहरूले योगदान रहेको बताए। उनले गुरुङहरू अत्यन्तै इमान्दार र साहसी हुने बताए।

कार्यक्रममा न्युयोर्क सिटी डिस्ट्रिक २६ का काउन्सिल मेम्बर जुली वोनले तमु ल्होछारको शुभकामना व्यक्त गर्दै सोसाइटीका ११ जना स्वयंसेवक बालबालिकालाई प्रशंसापत्र प्रदान गरिन्। त्यस्तै, न्युयोर्क सिटी मेयर एरिक एडम्सका कार्यालयका प्रतिनिधि सुकरानी तथा गिल्वर्ट होले सिटीमा भएका स्रोत र साधनको प्रयोग गर्नका लागि सिटीसँग सम्बन्ध राख्न अनुरोध गरे।

साथै समाजमा लामो समय योगदान गरेका १२ जनालाई प्रशंसापत्रले सम्मान गरिएको थियो। न्युयोर्क सिटी डिस्ट्रिक २६ का काउन्सिल मेम्बर जुली वोनले नियमित स्वेयंसेवक गर्ने बालिकाहरू फिनिक्स राणामगर, निमिका थापामगर, ओजाश्री गुरुङ, रक्षा गुरुङ, शिला गुरुङ, इभा श्रेष्ठ, रितिशा गुरुङ, मेलिाशा गुरुङ, त्रिरत्न गुरुङ, सुष्मा गुरुङ, शेल्बी गुरुङलाई प्रमाण पत्र प्रदान गरेका थिए।

त्यस्तै, न्युयोर्क सिटीका मेयर एरिक एडम्स कार्यालयका प्रतिनिधिहरू सुकरानी तथा गिल्वर्ट होले द गुरुङ (तमु) सोसाइटी इंक युएसए संस्था तथा सोसाइटीमा आबद्ध रही संस्कार र संस्कृति संरक्षण गर्न र संवर्द्धन गर्न योगदान पुर्याएको उल्लेख गर्दै ११ जना स्वयंसेवकहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए।

न्युयोर्क सिटी मेयर एरिक एडम्स कार्यालयका प्रतिनिधिहरू सुकरानी तथा गिल्वर्ट होले अशोक गुरुङ, ओमबहादुर गुरुङ, अलिशा गुरुङ, अञ्जित गुरुङ, तुलसीप्रसाद गुरुङ, गौतम गुरुङ, विजय गुरुङ, विजय गुरुङ (बी), भक्त गुरुङ, लिल गुरुङ तथा मच्छेदेवी गुरुङलाई संयुक्त रूपमा प्रशंसापत्र प्रदान गरेका थिए।

साथै, डेमोक्रेटिक पार्टीको नेता तथा न्युयोर्क स्टेट डिस्ट्रिक ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले गुरुङहरूको संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएकोमा सोसाइटीको प्रशंसा र ल्होछारको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरे।

सोसाइटीका अध्यक्ष ओमबहादुर गुरुङले विदेशी भूमिमा ल्होछार कार्यक्रम गरेर गुरुङहरूको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको जानकारी दिए। अध्यक्ष गुरुङले आगामी दिनमा सोसाइटीले सिटीसँग सम्बन्ध बढाउँदै सोसाइटीको हितको लागि काम गर्ने बताए।

गुरुङ जातिको संस्कार, संस्कृति, भेषभूषा जगेना परम्पराको संरक्षण गर्न र पहिचान जोगाउनको लागि गुरुङ सोसाइटीले ल्होछार वार्षिक रूपमा मनाउँदै आएको छ। कार्यक्रममा युवा बालबालिकाहरूको क्षमता अभिवृद्धि गर्न तमु स्कुल युथ क्लब गठन गरेको जानकारी पनि दिइएको थियो। साथै बालकालिकाहरूले स्टेजमा नृत्य प्रस्तुत गरेका थिए।

क्लबकी स्पीकर रितिशा गुरुङले ल्होछारको शुभकामना दिँदै क्लबका सदस्यहरूलाई परिचय गराएकी थिइन्। क्लबका संयोजक मेलिशा गुरुङले गुरुङ जातिको संस्कार, संस्कृति, भेषभूषा जगेर्ना गर्न र बालबालिकाबीच नेटवर्क विस्तार गर्दै विभिन्न शैक्षिक भ्रमण स्वरुप कलेज टुर गर्न, फुड ड्राइभलगायत कार्यक्रम गर्ने जानकारी दिइन्।

विश्वभर रहेका गुरुङहरूले आगामी पुस १५ गते विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँछन्। सोसाइटीकी सचिव मच्छेदेवी गुरुङले गुरुङहरूको जनसंख्याअनुसार राज्यका हरेक निकायमा गुरुङहरूको उपस्थिति हुनुपर्ने बताइन्। ल्होछारलाई जनजातिको पहिचान स्थापना गर्न र अधिकार सुनिश्चित गर्ने आन्दोलनको रूपमा लिनुपर्ने उनको भनाइ थियो।

विदेशी भूमिमा ल्होछार मनाउनुले नयाँ पुस्तालाई संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी, गुरुङ जातिबीच आपसी सद्भाव कायम गर्न र सबै गुरुङहरूलाई एकताको सूत्रमा बाँध्ने सचिव गुरुङको भनाइ छ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष राजकुमार विष्टले ल्होछारको शुभकामना व्यक्त गर्दै ल्होछार मनाउने सबै समुदायले संयुक्त रूपमा एउटै दिन ल्होछार मनाउन सोसाइटीले पहल गर्नुपर्ने बताए।

हाम्रो चाडपर्व, रितिरिवाजलाई जोगाउने र संरक्षण गर्न युवापुस्तालाई हस्तान्तरण गर्न जानकारीमूलक कार्यक्रम गर्नुपर्ने बताए। पहिचानको आन्दोलनमा आदिवासी जनजाति एक हुनुपर्ने अध्यक्ष विष्टको भनाइ छ।

सोसाइटीकी उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना व्यक्त गरिन्। ल्होछार कार्यक्रम सन् २०२३ का संयोजक तथा सोसाइटीका कोषाध्यक्ष अञ्जित गुरुङले कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण सल्लाहकारहरू, बुबाआमा, दाजुभाइ, कार्यसमिति सदस्यहरू, कलाकारहरू, तमु आमा समूह तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा न्युयोर्क, न्युजर्सी, न्युह्याम्प्सायरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। त्यस्तै सोसाइटीले विभिन्न क्षेत्रमा पीएचडी (डक्टरेकट इन फिलोसोफी) तथा एम.डी गर्ने गुरुङहरूलाई सम्ममान गरेको छ। गुरुङ समुदायबाट विभिन्न विश्व विद्यालयमा प्रोफेसर, डाक्टर तथा न्यायाधीश बनेका गुरुङहरूलाई उनीहरूको विषय विज्ञताको सम्मान स्वरुप रिकग्निसन सम्मान गरेको हो।

सोसाइटीले सम्भवतः दक्षिण एशियाकै पहिलो न्यायाधीश रिना गुरुङ, डेन्डटल डा. सुलोचना गुरुङ, डा.सुखबहादुर गुरुङ (पीएचडी), डा. चन्दन गुरुङ, डा. महेशकुमार गुरुङ (पीएचडी), डा.रस कुमारी गुरुङ (पीएचडी), डा.सन्तोष गुरुङ (पीएचडी), डा.कुमार गुरुङ (पीएचडी), डा.प्रज्वल गुरुङ (पीएचडी), डा.सीताजी गुरुङ (एमडी, एमपीएच., पीएचडी), डा.सविन गुरुङ (एमडी)लाई सम्मान गरेको हो।

गुरुङ समुदायबाट पीएचडी गर्ने सबै सोसाइटीको गहना भएको र उनीहरू युवापुस्ताका लागि प्रेरणा भएकोले पनि उनीहरूसँग सोसाइटीले सम्बन्ध विस्तार गर्दै जानुपर्ने सोसाइटीको भनाइ छ। कार्यक्रममा संस्थाको आजीवन सदस्यता लिएका १० जनालाई संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ तथा अध्यक्ष ओम गुरुङले आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरे।

यस वर्ष अञ्जित गुरुङ तथा धनकाशी गुरुङ, बिन्दु गुरुङ, चुगा गुरुङ तथा अरानी गुरुङ, हिरालाल गुरुङ तथा दावा तामाङ गुरुङ, डिल्ली गुरुङ तथा स्मीता गुरुङ, राजेन्द्र कुमार गुरुङ तथा सुमित्रा गुरुङ, टिक मााया गुरुङ, खड्क गुरुङ तथा मीना गुरुङ, नवीन गुरुङले सोसाइटीको आजीवन सदस्यता लिए।

कार्यक्रममा गुरुङ सोसाइटी अफ न्युह्याम्प्सायरका अध्यक्ष हितमान गुरुङ सहित २४ जना सहभागी थिए। त्यस्तै कार्यक्रममा राफल टिकटअन्तर्गत पहिलो, दोस्रो तथा तेस्रो विजेताले नगद पुरस्कार प्राप्त गरेका थिए। दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय नाचमार्फत् उपस्थित सबैलाई स्वागत गरिएको थियो। दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सुरेखा गुरुङ र केभिन गुरुङले सञ्चालन गरेका थिए।

ल्होछार कार्यक्रमका लागि स्टेजलाई मौलिकपन झल्कने तथा गाउँघरमाजस्तै परम्परागत शैलीमा देखाउनका लागि पराल, आँखीझ्याल, डोको, मादल, झ्याली, ढोल, पेरांगो लगायतका सामग्री प्रयोग गरिएका थिए। कार्यक्रममा विभिन्न नेपाली तथा गुरुङ भाषाको चलचित्रमा अभिनय गरेका कलाकारले प्रस्तुति दिए।

जसमा नायिका रञ्जिता गुरुङ र संस्थाका सकृय युवा कलाकार सागर गुरुङ, वरिष्ठ नृत्यांगना तथा मोडल गीता राई गुरुङ, बेबी वसन्ती राईको नृत्य, मेरो भ्वाइस कप सिजन २ का टप ७ सम्राट गुरुङ तथा नेपाली आधुनिक गीतसंगीतका चर्चित गायक शिव परियारको प्रस्तुति विशेष आकर्षण बन्यो। नायिका रञ्जिता र कलाकार सागरले चर्चित गीत पिरतीको मिठो तिर्सनामा नृत्य प्रस्तुत गरेका थिए। साथमा कलाकारहरू, फिनिक्स राणा मगर तथा निमिका थापामगरले साथ दिएका थिए।

स्थानीय कलाकारहरू, फिनिक्स राणा मगर तथा निमिका थापामगरले नेपाली आधुनिक गीतमा बेजोडको प्रस्तुति गरेका थिए। त्यस्तै न्युयोर्कमा २५ वर्षदेखि निरन्तर नृत्य प्रस्तुत गर्दै आएकी चर्चित नृत्यागंना वसन्ती राई बेबी वसन्तीको प्रस्तुतिले हलमा उपस्थित दर्शक तथा माहोललाई तताएको थियो।

गुरुङ कलाकार रुथमान गुरुङले कमेडी नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरू श्रुति गुरुङ, त्रिरत्न गुरुङ, सागर गुरुङ र सोमेस गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै वरिष्ठ कलाकार तथा मोडल गीता राई गुरुङले नेपाली मिक्स गीतमा नृत्य प्रस्तुत गर्दा दर्शकको वान्स मोर वान्स मोर हुटहुटीले हलका दर्शकलाई थप तताएको थियो।

त्यस्तै बाल कलाकारहरू शीला गुरुङ, इभा श्रेष्ठ, आर्य डोल्मा गुरुङले लौन यो मन बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, ङोलोसो राम रानी बोलको गीतमा श्रुति गुरुङ, सुस्मा गुरुङ, सोनिया गुरुङ, तुसना थापा, सोहाना तामाङ र त्रिरत्न गुरुङले नृत्य प्रस्तुत गरेका थिए।

त्यस्तै डा.रस कुमारीको सौजन्य स्वरुप मनोज गुरुङ तथा चन्दा गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै मगर संघ अमेरिका न्युयोर्क च्याप्टरले सौजन्य स्वरुप कौडा नृत्य उपहार स्वरुप प्रदान गरेका थिए। जसमा स्मृति बुढामगर, रेञ्जु छन्त्याल, हाङछुमा कुलुङ, श्री मोक्तान, सृष्टि रोकाले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा आमा टोलीका गोरी गुरुङ र लक्ष्मी गुरुङले रिमै बोलको गीतमा नृत्य प्रस्तुत गरेमा थिए। कार्यक्रममा वसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजय नकर्मी र नृत्य निर्देशक गोविन्द राई, सीला गुरुङ तथा गौरी लामाले कोरियोग्राफ गरेका थिए।

यसैबीच गिनिज वर्ल्ड रेकर्ड राखिसकेका पार्कर दिनेश सुनारले पनि नृत्य प्रस्तुति गरेका थिए। साथै सुरेखा गुरुङले तृष्णा गुरुङको गाइने बोलको गीत गाउँदा गौत गुरुङले गिटार बजाएर साथ दिएका थिए। मेरो भ्वाइस कप सिजन २ का टप ७ सम्राट गुरुङले ४ वटा गीत प्रस्तुत गर्दा के युवा, के प्रौढ सबै दर्शक वान्स मोर वान्स मोर भन्दै गीतको तालमा नाचिरहेका थिए। गायक शिव परियारले पिलायो साथीलेलगायत गीत प्रस्तुत गरे।

आजका युवा भोलिका कर्णधार भन्ने मूल नाराका साथ युवाको क्षमता अभिवृद्धि गराउने उद्देश्यले युवालाई ल्होछारमा स्वयंसेवकको रूपमा सहभागी गराउँदै आएको सोसाइटीले जनाएको छ। गुरुङ सोसाइटीले ‘सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ न्युयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ। न्युयोर्कमा ल्होछारको यो २४औँ संस्करण हो।

ल्होछार पर्वले गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न तथा गुरुङ संस्कृतिलाई अन्तर्राष्ट्र्रियस्तरमा चिनाउन पनि बर्सेनि तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ। विगतमा सामूहिक रूपमा भेला भएर स्योकै वनभोज खाएर ल्होछार पर्व मनाउने गरिन्थ्यो।

ल्होछार पर्वलाई राष्ट्रिय पर्व मानेर नेपाल सरकारले दिँदै आएको सार्वजनिक बिदा कटौतीप्रति सम्र्पूण गुरुङहरूले विरोध गर्दै सार्वजनिक बिदा कायम गर्न माग गरेका छन्। न्युयोर्कम र न्युजर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक वर्ष ल्होछार मनाउँदै आएपनि कोभिडका कारण सन् २०२० मा भने भर्चुअल रूपमा ल्होछार आयोजना गरिएको थियो।

तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =