ठोरी गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

हिमाल प्रेस ७ माघ २०७९ ७:२३
2
SHARE
ठोरी गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

पर्सा- सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पालिकाले एस्क सूचना जारी गर्दै तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित: ७ माघ २०७९ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 1 =