पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्राउने लक्ष्य

हिमाल प्रेस १० पुष २०८० १६:४९
10
SHARES
पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्राउने लक्ष्य

पोखरा- पोखरा सडक महोत्सवले यसपालि रजत महोत्सवको रुपमा मनाउँदैछ। आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले यही पुस १२ देखि १६ गतेसम्म लेकसाइडको तीन किलोमिटर क्षेत्रफलमा २५ औं सडक पोखरा सडक महोत्सव गर्दैछ।

करिब ५ लाख पर्यटक भित्राउने लक्ष्यसहित महोत्सवलाई भव्य बनाउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनायो। महोत्सवमा विभिन्न २५ थरिका खाना परिकार उपलब्ध गराइँदैछ। ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहक विभिन्न परिकार चखाउने छन्।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले २०१९ मा १२ लाख पर्यटक भित्रिएकोमा सन् २०२३ मा साढे ९ लाख बढी भित्रिसकेकोले यस वर्ष पर्यटनमा सुधार हुँदै आएको बताए। उनले पोखरा सडक महोत्सवले पर्यटन भित्राउने महत्वपूर्ण टेवा मिल्ने बताउँछन्।

रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्यदेखि हस्तकलाका सामग्रीलाई निशुल्क स्टल उपलब्ध गराइएको बताए। साथै कलासंस्कृतिको संरक्षणका लागि विभिन्न झाँकी, भेषभूषा, गीतसंगीतलाई उच्च प्रथामिकता दिइएको उनले बताए।

संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले महोत्सवबाट पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरे।

महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शनी, कन्सर्ट, बोट रेस, वेटर रे, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटक, पर्यटनबारे टस शो, हस्तकला, चित्रकला, मूर्तिकला, कृषि, बनस्पतीको प्रदर्शनी, चित्रकला, मःमः ससेज खाने प्रतियोगितालगायत छन्।

महोत्सव फिस्टेलगेटदेखि गैह्राको चौतारा हुँदै जरेश्वर लेकसाइडसम्म हुनेछ। गोर्खा ब्रुअरी महोत्सवको मुख्य प्रायोजक हो। पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले विगतमा केही वर्ष कोरोनाले प्रभाव पारे पनि अहिले बिस्तारै सुध्रिँदै गएको बताए।

उनले पोखरामा यसपालि दसैं तिहारको पर्यटन केही चलायमान बनेको र यसलाई कायम राख्न सबै जना लाग्नुपर्ने बताए। त्यसो त पर्यटनको राजधानी घोषणाको तयारी हुँदै गरेको पोखरामा क्रिसमसदेखि नै अंग्रेजी नयाँ वर्ष २०२४ को रौनक सुरु भएको छ।

प्रकाशित: १० पुष २०८० १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =