सर्वनाममा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’

हिमाल प्रेस ८ पुष २०८० १२:४६
100
SHARES
सर्वनाममा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’

काठमाडौँ- कालिकास्थानस्थित सर्वनाम थिएटरमा आइतबार (आज)देखि नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन हुँदैछ। नाटकका लेखक अशेष मल्ल हुन्। नाटकको परिकल्पना तथा निर्देशन रसिक राज र शीतल थोकरले गरेका छन्।

पुस १५ गतेसम्म मञ्चन हुने नाटक सर्वनामको १९ औं ब्याचको प्रस्तुति रहनेछ। नाटकमा समावेश गरिएकाे गीतमा निर्मला घिसिङको स्वर, मनोज भण्डारी, सुरज, निर्देशक शीतल र रसिकको शब्द, शन्सिक प्रोडक्सनको संगीत र एलिसा तामाङको कोरियोग्राफी रहनेछ।

नाटक बिहिबारबाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे पनि अतिरिक्त शो हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =