सर्वनाममा ‘लक्ष्य/मी’ मञ्चन हुँदै

हिमाल प्रेस २० कार्तिक २०८० १७:००
58
SHARES
सर्वनाममा ‘लक्ष्य/मी’ मञ्चन हुँदै

काठमाडौँ– कालिकास्थानस्थित सर्वनाम थिएटरमा तिहार विशेष ‘रंग- काव्याञ्जली’ कार्यक्रम हुने भएको छ। कार्यक्रम कात्तिक २५ गते काग तिहारको दिन हुन लागेको हो।

सर्वनामकै प्रस्तुति रहने कार्यक्रममा कविता वाचनसहित नाटक ‘लक्ष्य/मी’ नाटक मञ्चन गरिने थिएटरले जनाएको छ। नाटककाे परिकल्पना तथा निर्देशन धिरज थापा मगरले गरेका छन्।

लक्ष्य/मी समूहकै लेखन रहेको नाटक पारलैंगिक समुदाय र तिहारमा खेलिने भैलोसँग सम्बन्धित रहेको निर्देशक मगरले बताए। ‘हाम्रो समाजमा महिलाले भैलो र पुरूषले देउसी खेल्ने भनेर छुट्याइन्छ।’ निर्देशक मगरले भने ‘हामीले एक पारलैंगिक समुदायको तिहारमा भैलो खेल्ने सपनालाई नाटकमा प्रस्तुत गरेका छौँ।’

नाटकमा कलाकार आकाश झा, आरुष जंग सारु मगर, सगुन तामाङ, शीतल थोकर तामाङ, तिलक भण्डारी र रविना परियारको अभिनय रहनेछ।

सेसेमी लिम्बूले सञ्चालन गर्ने कार्यक्रममा मिल्सन राई, विश्व विमोहन श्रेष्ठ र मोमिला जोशीले कविता वाचन गर्नेछन्। दिउँसो साढे दुई बजेदेखि सुरु हुने कार्यक्रममा टिकट शुल्क दुई सय दर रूपैयाँ छ।

प्रकाशित: २० कार्तिक २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =