१५ दिनमा विधानको मस्यौदा सक्न प्रचण्डको निर्देशन

हिमाल प्रेस ५ पुष २०८० १३:३३
4
SHARES
१५ दिनमा विधानको मस्यौदा सक्न प्रचण्डको निर्देशन

काठमाडौँ- नेकपा माओवादी केन्द्रले १५ दिनमा पार्टीको विधान बनाउन समिति बनाउन निर्देशन दिएको छ।

पार्टी उपाध्यक्ष पम्फा भुसाल संयोजक रहेको आज गठित समितिले १५ दिनमा पदाधिकारी बैठकमा पेस गर्न निर्देशन दिइएको छ। त्यसपछि विधानलाई स्थायी कमिटीमा पेस गरिनेछ।

समितिमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन्। आज बसेको पार्टी पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी कमिटीबाट पारित गरेर मात्र विधानलाई सम्मेलनमा लगिने बताएका थिए।

‘यही महिनाको अन्तिमसम्ममा स्थायी कमिटी बोलाउने भनिएको छ,’ पार्टी सचिव गणेश साहले भने,‘सोही बैठकले दिएको सुझावअनुसार मस्यौदालाई अन्तिमरूप दिन्छौँ।’ विधान सम्मेलन आउँदो फागुनको पहिलो सातालाई तय भएको छ।

आजकै पदाधिकारी बैठकबाट सम्मेलन तोकिएको हो। ‘स्थायी कमिटीको सुझाव लिन कति समय लाग्छ। त्यही अनुसार ठ्याक्कै मिति तोकिन्छ।’ साहले भने,‘त्यसैले पहिलो साता भनिएको हो।’

स्थायी समिति परिमार्जन गर्ने, एक महिना सुझाव लिने

आउँदो स्थायी समिति बैठकले विधानको मस्यौदा परिमार्जन गर्ने भएको छ। सोही परिमार्जित विधानलाई एक महिना वा माघ भरी सुझाव लिने पार्टीको तयारी छ।

‘माघभर सुझाव लिने छौ। अनि फागुन पहिलो साता विधान सम्मेलन गरिनेछ।’ साहले भने,‘फागुनको ७ गतेसम्म्मा विधान सम्मेलन गर्न गर्न सकिए चैतभरमा महाधिवेशन गर्ने तयारी छ।

मस्यौदामा पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति घटाउन सुझाव आएको छ। अहिलेका समिति जम्बो बनेको बुझाइ छ।

प्रकाशित: ५ पुष २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =