माओवादीको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस ४ पुष २०८० ८:२९
2
SHARE
माओवादीको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार पनि बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा फागुनको पहिलो साता गर्ने भनिएको विधान सम्मेलनका लागि मिति तोक्ने, मस्यौदा समिति बनाउने, पार्टीले सञ्चालन गरेको अभियानको समीक्षालगायत समसामयिक विषयमा छलफल हुनेछ।

मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार महिने अभियानको समीक्षा र विधान सम्मेलनलाई मुख्य एजेण्डका रूपमा बैठकमा पेश गरेका थिए।

बैठकमा सातै प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका थिए।

बुधबारको बैठकले विधान सम्मेलनको मिति तोक्ने र विधान मस्यौदा समिति बनाउने सचिव पौडेलले जानकारी दिए। मंगलबारको बैठकमा नेताहरूले प्रश्न उठाएपछि प्रचण्ड​ले एनसेल खरिद बिक्री प्रकरणमा कर छली गरेको आशंका लागेर करको दायरमा ल्याउन पहल गर्दा आफूमाथि नकारात्मक टिप्पणी गरिएको प्रष्टीकरण दिएका थिए।

प्रकाशित: ४ पुष २०८० ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =