सुरु भयो कांग्रेस गण्डकी प्रदेश सम्मेलन

हिमाल प्रेस ३ पुष २०८० १३:४७
4
SHARES
सुरु भयो कांग्रेस गण्डकी प्रदेश सम्मेलन

गण्डकी- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको बैठक सुरु भएको छ। कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी बैठक सुरु भएको हो।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित छ। सम्मेलनको उद्घाटन पोखरा सभागृहमा भयो भने बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने तयारी गरिएको हो।

प्रकाशित: ३ पुष २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =