बीपी राजमार्गबाट १६ टन प्याज बरामद

हिमाल प्रेस २ पुष २०८० ६:५४
8
SHARES
बीपी राजमार्गबाट १६ टन प्याज बरामद प्रतीकात्मक तस्बिर।

काभ्रे– काभ्रेपलाञ्चोकको काभ्रे भञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ।

बीपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बीपी राजमार्गबाट आएका सवारीसाधनहरू जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो।

प्रकाशित: २ पुष २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =