आजको मौसम : तराईका केही जिल्लामा हुस्सु,उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

हिमाल प्रेस १ पुष २०८० ६:१८
24
SHARES
आजको मौसम : तराईका केही जिल्लामा हुस्सु,उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना हिमपात। फाइल तस्बिर।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण चिसो बढ्दै गएको जनाएको हो।

अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको बताउँदै महाशाखाले बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको नियमित बुलेटिनमार्फत जनाएको छ।

महाशाखाका अनुसार अहिले तराई-मधेशका केही जिल्लामा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ।

राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने बताइएको छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १ पुष २०८० ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =