कति पुग्याे डलरकाे मूल्य?

हिमाल प्रेस २७ मंसिर २०८० ६:४४
12
SHARES
कति पुग्याे डलरकाे मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७३ पैसा पुगेको छ।

मंगलबार डलरको मूल्य १३३ रुपैयाँ ७४ पैसा थियो। मंगलबारको तुलना बुधबार डलरको मूल्य घटेको हो।

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड भने एकको खरिददर १६७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ११ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

सूची

 

प्रकाशित: २७ मंसिर २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =