अफगानिस्तानको केन्द्रीय बैंकले १ करोड ६० लाख डलर लिलामी गर्ने

हिमाल प्रेस १३ माघ २०८० १९:०४
32
SHARES
अफगानिस्तानको केन्द्रीय बैंकले १ करोड ६० लाख डलर लिलामी गर्ने

काबुल- केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ।

बैंकले शनिबार जारी गरेको विज्ञप्तिअनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ।

गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो।

विगत केही महिनामा केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौं अमेरिकी डलर प्रवेश गराएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १३ माघ २०८० १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =