घट्यो सुनको मूल्य, ताेलाकाे कति?

हिमाल प्रेस २६ मंसिर २०८० ११:५१
60
SHARES
घट्यो सुनको मूल्य, ताेलाकाे कति?

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी तेजाबी सुन तोलामा एक लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =