आज वर्षा र हिमपातको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

हिमाल प्रेस २६ मंसिर २०८० ६:१४
18
SHARES
आज वर्षा र हिमपातको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताउँदै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ। साथै महाशाखाले पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको पनि बताएको छ।

महाशाखाको भनाइमा आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

प्रकाशित: २६ मंसिर २०८० ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =