एमालेको मध्यपहाडी यात्रा आजबाट बागमती प्रवेश गर्दै

हिमाल प्रेस २३ मंसिर २०८० ७:४९
8
SHARES
एमालेको मध्यपहाडी यात्रा आजबाट बागमती प्रवेश गर्दै

काठमाडौँ- १० दिन देखि जारी रहेको नेकपा एमालेको मध्यपहाडी यात्राले आज मध्यविन्दु पार गर्दैछ। मंसिर १४ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रारत एमालेको टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश प्रवेश गर्दैछ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हालसम्म सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशको यात्रा सकिएको छ।

‘आजको बास हामी गण्डकी प्रदेशको गोरखामा बसेका थियौं’ गौतमले भने ‘बिहानको खाना सल्यानटारमा खाएर हामी धादिङ प्रवेशसँगै बागमती प्रदेशतर्फ लाग्नेछौँ।’
आजको बास नुवाकोटको विदुरमा हुनेछ। नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो। अर्थात कुल १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्वपर्छ भने आधा भाग पश्चितर्फ।

‘यात्राको दसौँ दिन हामी मध्यभागमा आइपुग्दैछौं’ गौतमले भने ‘अब ९ दिनमा बाँकी दूरी पार गर्दै यात्रा समापन हुनेछ।’ आरुघाट,सामरी भञ्ज्याङ,भर्‍याङभुरुङ आदि ठाउँमा आजका भेटघाटहरू हुनेछन्। आजको आमसभा नुवाकोटको विदुरमा हुनेछ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नारा सहित एमालेले मधयपहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने ,विकास निर्माण र हाल भइरहेका समस्याहरुको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०८० ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =