ठूला भ्रष्टाचारको गम्भीर फाइल खोल्दैछौँ : प्रधानमन्त्री

हिमाल प्रेस २१ मंसिर २०८० १८:५९
28
SHARES
ठूला भ्रष्टाचारको गम्भीर फाइल खोल्दैछौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारी भइरहेको बताएका छन्।

माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज (बिहीबार) उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियानमा यो सरकार नरोकिएको बताए।

‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ। अहिले पनि अभियान रोकिएको छैन,’ उनले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ।’ उनले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

‘नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्‍याइएको छ। नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन,’ उनले भने, पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ। अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ।’

प्रकाशित: २१ मंसिर २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =