ऋण तिर्दिनँ भन्नु समस्याको समाधान होइन : अर्थमन्त्री

हिमाल प्रेस १९ मंसिर २०८० २०:०९
16
SHARES
ऋण तिर्दिनँ भन्नु समस्याको समाधान होइन : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा‍‍. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन्। नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘ऋण तिर्दिनँ भन्नु समस्याको समाधान होइन। यो बचतकर्ताको पैसा हो। ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो। त्यसको क्षतिपूर्ति कसले तिर्ने?,’ उनले भने, ‘त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन्। बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन।’

मन्त्री महतले तत्कालीन सरकारले सीमित साधन स्रोत ठेक्कामुखी टावरमा लगानी गरेको, राष्ट्र बैंकले अथाह पुँजी प्रवाह गरेको, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्नेजस्ता कारण यसको कारक बनेको बताए।

‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ। त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ,’ उनले भने, ‘अवश्य पनि उनीहरूका लागि समस्या आयो। जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो।’ रासस

प्रकाशित: १९ मंसिर २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =