रुसी सेनामा भर्ती भएका ६ नेपालीको निधन भएको पुष्टि (नामावलीसहित)

हिमाल प्रेस १८ मंसिर २०८० २०:५०
22
SHARES
रुसी सेनामा भर्ती भएका ६ नेपालीको निधन भएको पुष्टि (नामावलीसहित)

काठमाडौँ- रुसी सेनामा कार्यरत रहेका ६ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की (वाणगंगा–१, कपिलवस्तु), देवान राई (पोखरा), पितम कार्की (पुतलीबजार-५, स्याङ्जा), राजकुमार रोका (मेलुङ-६, दोलखा) र गंगाराज मोक्तान (इलाम-५, इलाम) रहेका छन्।

उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारसँग अनुरोध गरिएको विज्ञप्तिमा जनाइएको छ। नेपाल सरकारले रुसी सरकारलाई नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिक भर्ना भएको भए तत्काल नेपाल फर्काउन समेत अनुरोध गरेको छ।

विज्ञप्तिअनुसार रुसी सेनामा भर्ती भएका र हाल युक्रेनमा बन्दी अवस्थामा रहेका विवेक खत्रीलाई नेपाल ल्याउनेबारे कूटनीतिक पहल भइरहेको छ।

प्रकाशित: १८ मंसिर २०८० २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =