देशभर मौसम सफा रहने

हिमाल प्रेस १७ मंसिर २०८० ६:३३
2
SHARE
देशभर मौसम सफा रहने

काठमाडौँ- देशभर मौसम सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।

त्यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी, लुम्बिनी र कर्णालीलगायत बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको भनाइ छ।

त्यस्तै लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि हल्का वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८० ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =