गगन गर्जन : जनप्रतिनिधिले जनताकै पक्षमा काम गर्नुस्, ढुकेर बसेका राजावादी लाइनमा आउँछन्

हिमाल प्रेस १६ मंसिर २०८० १९:१२
12
SHARES
गगन गर्जन : जनप्रतिनिधिले जनताकै पक्षमा काम गर्नुस्, ढुकेर बसेका राजावादी लाइनमा आउँछन् बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापा। तस्बिर : हिमाल प्रेस

लुम्बिनी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ, प्रदेश र स्थानीय तहमा रहेका कांग्रेसका जनप्रतिनिधिहरूले जनताले महसुस हुने गरी काम गरेमा गौडा गौडामा ढुकेर बसेका राजवादी लाईनमा आउने बताएका छन्। शनिबारदेखि बुटवलमा शुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले कम्तीमा कांग्रेसले नेतृत्व गरेको मन्त्रालय, स्थानीय तह र वडामा ८४ मा झुकेर नभई छाती फुलाएर भोट माग्न सक्ने गरी काम गरे राजावादीहरू लाइनमा आउने बताएका हुन्।

उनले ६० सालअघिको पुस्तालाई राजतबारे थाहा नभएकाले त्यो पुस्तालाई बुझाउनुपर्ने आवश्यक रहेको पनि बताए। ‘काठमाडौँका एक जना युवाले भने राजाका बारेमा ६० सालपछि जन्मेका केटाकेटीको बारेमा चिन्ता गर्नुपर्छ। तर त्यसबारे ४/५ जना शीर्ष नेताहरूले मुकुट लगाउनुभएको छ। त्यो मुकुट मात्रै निकाल्ने हो भने मुकुट देख्छन्, रापताप देख्छन् र तिनले बुझ्छन्।’

महामन्त्री थापाले कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका शीर्ष नेताहरूकै कारण राजावादी सलबलाएको संकेत गरे। गणतन्त्र, संविधान र संघीयताका बारेमा धेरै भ्रमहरू रहेको बताउँदै उनले त्यसलाई कांग्रेस कार्यकर्ताहरूले चिर्नुपर्ने  बताए। उनले केही महिनाअघि कमजोर रहेको अर्थतन्त्र अहिले सुधार भएको बताए। ‘अहिले राष्ट्रको ढुकुटी १७/१८ महिना केही नगर्न नपर्ने अवस्थामा छ, अब सबै ठिकठाक छ’, महामन्त्री थापाले भने।

उनले सरकारले जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताए। ‘कांग्रेसले चलाएको मन्त्रालयले केही गर्‍यो भनेर छाती ठोक्न पाइयोस् न’, उनले भने। थापाले प्रदेश महँगो नभएको बताउँदै यसको व्यवस्थापन गर्न चुकेको मात्बरै ताए । ‘७५ जिल्ला १४ अञ्चल भन्दा ७७ जिल्ला र ७ प्रदेश खर्चिलो हुँदैन, हामीले लोभ मात्रै त्यागौँ। प्रदेशको औचित्य पुष्टि हुन्छ’, महामन्त्री थापाले भने। उनले प्रदेशलाई पंगु बनाउने काम राजनीतिक नेतृत्वबाट भएको स्वीकार गरे।

‘यहाँको सीडीओ मुख्यमन्त्रीभन्दा बलिया छन्। हामीले पंगु बनाएका छौँ। मन्त्रालय तल र माथि दुवै घटाउनुपर्छ। संघमा ७ देखि १० बनाउनुपर्छ। अधिकारको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो छलफल गरौँ’, थापाले भने। उनले निर्वाचन प्रणाली महँगो र खर्चिलो भए पनि यसप्रति भ्रम फैलाउने काम भएको बताए। ‘२०५ जनाको संसद्‌मा दलित, महिला पुगेनन्, त्यसैले मिश्रित बनाएका हौँ’, उनले भने, ‘दाइ भए भाउजू चाहिने, दिदी भए भिनाजु चाहिने, यसले दुरुपयोग भयो। त्यसलाई रोक्ने गरी कानुन बनाउनेतर्फ ध्यान दिऔँ।’

निर्वाचन प्रणालीलाई दोष दिनेहरूलाई २०४७ सालमा कांग्रेसले बहुमत ल्याएर ५१ मा मध्यावधि गरेको स्मरण गर्न आग्रह गरे। उनले समस्या व्यवस्थामा नभई नेतृत्व र शैलीमा रहेको बताए। उनले २०४७ सालपछि सरकारमा गएका प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने गरी कानुन निर्माणको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय नेताले उठाएका प्रश्नको उत्तरै नदिई देउवाले भने, कांग्रेस बलियो बन्छ

कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार!

प्रकाशित: १६ मंसिर २०८० १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =