‘फिड द फ्युचर नेपाल यूएसएआईडी कृषि सामग्री’ कार्यक्रमको शुभारम्भ, कोष सवा तीन अर्बको

हिमाल प्रेस १५ मंसिर २०८० १९:५५
8
SHARES
‘फिड द फ्युचर नेपाल यूएसएआईडी कृषि सामग्री’ कार्यक्रमको शुभारम्भ, कोष सवा तीन अर्बको

काठमाडौँ- नेपाल-अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले आज (शुक्रबार) ‘फिड द फ्युचर नेपाल यूएसएआईडी कृषि सामग्री’ नामक नयाँ कार्यक्रमको संयुक्त रूपमा शुभारम्भ गरेका छन्। करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्ने यूएसएआईडीले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका गरी १६ जिल्लामा सञ्चालन हुने उक्त पञ्चवर्षीय कार्यक्रम चार अत्यावश्यक कृषि सामग्रीहरू- बीउ, मल, सिँचाइ र कृषि यान्त्रीकरणमा केन्द्रित हुनेछ।

‘वैश्विक खाद्य सुरक्षा रणनीतिअन्तर्गतको ‘फिड द फ्युचर’ पहलमा नेपाल प्राथमिकताप्राप्त मुलुक रहेको छ,’ शुभारम्भ कार्यक्रममा बोल्दै यूएसएआईडी एसिया ब्युरो सहायक प्रशासक माइकल शिफरले भने, ‘यसको लक्ष्य उत्पादकत्व वृद्धि गर्नु मात्र होइन, साना किसानलाई सबल बनाउन, गरिबी घटाउन र ग्रामीण आय बढाउनका लागि हो।’

यस कार्यक्रमले आधुनिक कृषि सामग्री तथा प्रविधिमा पहुँच अभिवृद्धि गराई २ लाखभन्दा बढी कृषक र उनीहरूका परिवारलाई लाभान्वित गर्ने अपेक्षा राखिएको छ। यसले उत्पादकत्व र आय वृद्धि गरी नेपालमा गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा सुधार गर्ने यूएसएआईडीले विज्ञप्तिमार्फत् जनाएको छ।

प्रकाशित: १५ मंसिर २०८० १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =