नेपालको विकास प्रयासलाई अघि बढाउन भारतको भूमिका महत्वपूर्ण : अर्थमन्त्री महत

हिमाल प्रेस १५ मंसिर २०८० ९:३९
6
SHARES
नेपालको विकास प्रयासलाई अघि बढाउन भारतको भूमिका महत्वपूर्ण : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारेका छन्।
अर्थ मन्त्रालयसँग परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठकमा महतले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो। सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी विगत सात दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ।

बैठकमा भारतीय राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए।

अर्थ मन्त्रालयसँग परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकारका माननीय अर्थमन्त्री डा प्रकाशशरण महतले गरेका थिए।

विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट)का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको थियो। बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको थियो।

विकास साझेदारी अन्तर्गतका परियोजनाहरू भौगोलिक रूपमा नेपालभर फैलिएका छन् र आकार र क्षेत्रका हिसाबले अलग छन्।

बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागिता थियो।

प्रकाशित: १५ मंसिर २०८० ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =