सोती घटनामा २४ जनाविरुद्ध जन्मकैदको फैसला

हिमाल प्रेस १९ मंसिर २०८० १९:४५ | Tuesday, December 5, 2023
सोती घटनामा २४ जनाविरुद्ध जन्मकैदको फैसला

काठमाडौँ- रुकुमपश्चिमको सोती घटनामा रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको मुद्दामा एक जना नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।

२३ जना भने पूर्पक्षका लागि कारागारमै थिए। किशोरीकी आमा धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए।

कारागारबाहिर रहेका ११ जनामध्ये एक जनालाई पनि जन्मकैदको सजाय सुनाइएको हो। आठ जनालाई भने सफाइ दिइएको छ। अन्य दुई जनालाई जातीय छुवाछुत कसूरमा २ वर्ष कैद र ५० हजार जरिबाना सुनाइएको छ।

जन्मकैद सजाय पाएकाहरूलाई पनि थप २ वर्ष कैद र ५० हजार जरिबानाको फैसला भएको छ। सोती गाउँकी मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्ने भन्दै २०७७ जेठ १० गते रुकुमपश्चिम गएका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या भएको थियो। अन्य १२ जना घाइते भएका थिए।

प्रकाशित: १९ मंसिर २०८० १९:४५ | Tuesday, December 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast