गाडी रोकेर टायरको हावा खुस्काइयो, अनि आगो लगाइयो

प्रकाश ज्वाला, भौतिक पूर्वाधार मन्त्री १३ पुष २०८० १७:०३ | Friday, December 29, 2023
गाडी रोकेर टायरको हावा खुस्काइयो, अनि आगो लगाइयो

शुक्रबार मन्त्रालय आउँदै गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाइयो। इपिएस परीक्षामा अनुत्तिर्ण युवाहरूले प्रदर्शन गरिरहेको समयमा ज्वाला सवार गाडी आइपुगेपछि युवाहरूले रोकेर उक्त गाडी आगजनी गरिदिएका थिए। आगजनीबाट गाडी पूर्ण क्षति भएको छ। उक्त घटनाबारे पार्टी कार्यालय आलोकनगरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा मन्त्री ज्वालाले यस्तो बताए। 

आज बालकुमारी क्षेत्रमा जुन घटना भयो, हाम्रो गाडीमा पनि आगजनी गरियो, यो घटनाप्रति म दुःख व्यक्त गर्दछु। मान्छेको ज्यान जाने, घाइते हुने कुरा दु:खद हो। म यसप्रति दुःख व्यक्त गर्दछु।

बालकुमारीमा भएको घटनाका सन्दर्भमा न हामीलाई जानकारी छ, न पूर्व जानकारी छ। न सम्बन्ध छ, न सरोकार छ। हाम्रो मन्त्रालयसँग कुनै साइनो सम्बन्ध नै छैन।

गाडी मन्त्रालयतिर गइरहेको बेलामा त्यहाँ रोकियो। गाडी रोकेर टायरको हावा खुस्काइयो। गाडीमा आगजनी गरियो। यो अत्यन्त दु:खद विषय हो।

बिना कारण कुनै सम्बन्ध नभएको कुरामा सडकमा गाडी गुडिरहेको छ, आफ्नो मन्त्रालय, कार्यलयमा गइरहेको छ। जो जसको सरोकार जहाँ–जहाँ थियो त्यो एउटा विषय होला। हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण थिएन। बिना कारण आगजनी गर्नुपर्ने कुरा, सरकारी सम्पति क्षति पुर्‍याउने कुरा खेदजनक हो।

प्रहरी र प्रदर्शनकारीको भिडन्त, गोली लाग्ने कुराबारे मलाई धेरै जानकारी छैन। गाडी मन्त्रालयमा गइरहेको बेलामा घेरामा पर्‍यो। आगजनी गरियो। यो हुन नहुने कुरा हो। यो घटनामा मेरो व्यक्तिगतरूपमा सरोकार सम्बन्ध केही पनि छैन।

मन्त्रीको गाडी जलाएको घटना छानबिनका लागि डीआईजी नेतृत्वमा छानबिन समिति

बालकुमारी झडप : दुई युवाको मृत्यु

बालकुमारी क्षेत्र तनावग्रस्त, आन्दोलनरत २१ वर्षीय युवकको मृत्यु

बेरोजगार युवाको निसानामा मन्त्रीको गाडी [फोटो फिचर]

प्रकाशित: १३ पुष २०८० १७:०३ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast