मन्त्रीको गाडी जलाएको घटना छानबिनका लागि डीआईजी नेतृत्वमा छानबिन समिति

हिमाल प्रेस १३ पुष २०८० १६:११
168
SHARES
मन्त्रीको गाडी जलाएको घटना छानबिनका लागि डीआईजी नेतृत्वमा छानबिन समिति तस्बिर सौजन्य उमेश श्रेष्ठको फेसबुकबाट

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी आगजनी गरेको घटनाको छानबिनका लागि नेपाल प्रहरीका डीआईजीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

गृहमन्त्रालयका अनुसार मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी जलाएको घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्य संयोजक, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल सदस्य रहेको समिति गठन भएको हो।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए। उनीहरू सिप फोल्डिङ (वाइरिङ लगायतका क्षेत्र)मा लिएको भाषा परीक्षामा अनुत्तीर्ण भएका थिए। उनीहरूले पुन: परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै शुक्रबार बिहानैदेखि ईपीएसको कार्यालय आसपासमा भेला भएका थिए।

गाडी जलाएपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि युवाहरूको समूह झनै उग्र बनेपछि झडप भएको थियो। झडपको क्रममा प्रहरीले अश्रु ग्यास, लाठी चार्ज तथा गोली पनि चलाएको थियो।

झडपमा परेर गम्भीर घाइते भएका दुई युवाको ज्यान गएको छ। प्रहरीका अनुसार दैलेखका सुजन रावत (वर्ष २३) र डोटीका वीरेन्द्र शाह (वर्ष २१) को उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

बालकुमारी झडप : दुई युवाको मृत्यु

प्रकाशित: १३ पुष २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =