निर्वाचन प्रहरीको बिदाइ आज, कति पाए पारिश्रमिक?

हिमाल प्रेस २८ फागुन २०८२ ८:२४ | Thursday, March 12, 2026
40
SHARES
निर्वाचन प्रहरीको बिदाइ आज, कति पाए पारिश्रमिक? फाइल तस्बिर

काठमाडौँ- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूको आज बिदाइ गरिँदै छ। ४० कार्यदिनका लागि भर्ना गरिएको समय बिहीबार सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए। उनीहरूलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने बाचासहित सम्मान गरी बिदाइ गरिनेछ।

काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताए। यस वर्ष नेपाल प्रहरी मातहत रहने गरी एक लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

उनीहरूलाई ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेटअनुसारको रासन भत्ता, यातायात भत्ता, खाजा खर्च, पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइएको  छ।

प्रकाशित: २८ फागुन २०८२ ८:२४ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast