भूकम्पपिडितलाई सूर्य नेपालको १ करोड ४० लाख रुपैयाँ सहयोग

हिमाल प्रेस २२ कार्तिक २०८० २१:०७
भूकम्पपिडितलाई सूर्य नेपालको १ करोड ४० लाख रुपैयाँ सहयोग

काठमाडौँ- भूकम्पपीडितलाई सूर्य नेपाल प्रालिले १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गतबाट उक्त सहयोग गरेको हो।

‘भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाहरूमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्धार, राहत तथा पीडितहरूको पुनर्स्थापनामा मद्दत पुर्‍याउन १ करोड ४० लाख रुपैयाँ सहयोग गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

१ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्याललगायतले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, ब्ल्यांकेटहरू जाजरकोट पठाइसकेको बताएको छ। साथै ५ लाख रुपैयाँ बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रालिले जानकारी दिएको छ।

प्रकाशित: २२ कार्तिक २०८० २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =