सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रबिलाई अग्रता

हिमाल प्रेस १४ चैत २०७९ २०:०८
10
SHARES
सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रबिलाई अग्रता

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सुरु भएको छ। म्ंगलबारदेखि सुरु भएको सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रबि खड्काले अग्रता लिएका छन्। ५–अन्डर ६३ को उत्कृष्ट कार्डमा रबिले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन्।

४–अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन्। भुवन नगरकोटी र दीपक थापा मगरले २–अन्डर ६६ मा संयुक्तरूपमा तेस्रो स्थान बाँडे। उनीहरू लिडर रबिभन्दा ३ स्ट्रोकले पछि रहेका छन्। १–अन्डर ६७ को स्कोरमा प्रोफेसनल भुवन कुमार रोक्का तथा एमरच्योरद्वय सुबाश तामाङ र सुरेश तामाङ संयुक्तरूपमा पाँचौ स्थानमा छन्।

यसैगरी भेट्रान गल्फर रामे मगरले इभन–पार ६८ सहित आठौं स्थानमा पहिलो १८ होलको खेल सकाएका छन्। १–ओभर ६९ मा प्रोफेसनल खेलाडीहरू धनबहादुर थापा र शिवराम पौडेल तथा एमरच्योरद्वय युवराज भुजेल र सदभाव आचार्यले संयुक्तरूपमा नवौं स्थान बाँडे।

रबिले पहिलो होलमा बर्डी प्रहार गरे भने ५–पारको चौथो होलमा इगलको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए। यसपछि १०औं, १७औं र १८औं होलमा एक–एक सट बचाउँदा १६औं होलको बोगीले ब्याक नाइन २–अन्डर ३२ मा पुरा गरे। दिनेशले बोगीरहित कार्ड बनाए। चौथो र पाँचौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा पूरा गरे। यसपछि १०औं र १३औं होलमा पनि एक–एक सट बचाउँदै ब्याक नाइन पनि २–अन्डर ३२ मा सकाए।

भुवनले तेस्रो होलको बोगीका विरूद्ध चौंथो र आठौं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १–अन्डर ३३ मा सकाए। यसपछि १०औं र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे। १७औं होलको बोगीले ब्याक नाइन पनि १–अन्डर ३३ मा पूरा गरे।

दीपकले पनि फ्रन्ट नाइन र ब्याक नाइन दुवै १–अन्डर ३३ मा सकाए। उनले दोस्रो होलमा बर्डी प्रहार गरे र अन्य आठ होलमा पार बचाए। ब्याक नाईनमा उनले दोस्रो, १२औं र १३औं होलमा एक–एक सट बचाउँदा १५औं होलमा बोगी खेपे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी ७२ होलको प्रतियोगितामा ३६ होल सकिएपछि कट लागू हुनेछ।
जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलको लागि स्थान बनाउनेछन्। प्रतियोगितामा २ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख रुपैयाँ पाउनेछन्। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपैयाँ पाउनेछन्। साथै उत्कृष्ट २१ मा पर्ने व्यावसायिक खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: १४ चैत २०७९ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =