सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : पहिलो दिन सञ्जयलाई अग्रता

हिमाल प्रेस ४ वैशाख २०८० १९:४१
4
SHARES
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : पहिलो दिन सञ्जयलाई अग्रता

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौँ प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामाले ६-अन्डर ६६ को प्रदर्शन सहित शीर्षस्थानमा रहँदै अग्रता लिएका छन्।

गोकर्ण गल्फ क्लबमा पहिलो दिन रबि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्षस्थानमा रहेका हुन्। रबि र राजेन्द्रले पहिलो १८ होलको खेल ३–अन्डर ६९ मा सकाउँदै संयुक्तरूपमा दोस्रो स्थान बाँडे।

प्रोफेसनल गल्फर भुबहादुर गुरुङ तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र छैटौँ प्रतियोगिताका विजेता एमेच्योर सदभाव आचार्य २-अण्डर ७० सहित संयुक्तरूपमा चौथो स्थानमा छन्।

सुर्य नेपाल प्रालिको प्रायोजन तथा प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा प्रो तोरण बिक्रम शाही तथा एमेच्योर गल्फरहरू युवराज भुजेल, टासी छिरिङ र विजय श्रेष्ठ आइनहाउसले १-अण्डर ७१ सहित संयुक्तरूपमा सातौँ स्थान बाँडे।

प्रकाशित: ४ वैशाख २०८० १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =