काठमाडौँका छाडा गाईबस्तु अब कान्जी हाउसमा

हिमाल प्रेस २२ कार्तिक २०८० ९:१४
6
SHARES
काठमाडौँका छाडा गाईबस्तु अब कान्जी हाउसमा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आउँदो कात्तिक २३ देखि सडकमा भेटिएका गाईबाच्छा संकलन काञ्जी हाउसमा राख्ने भएको छ। महानगरले दक्षिणकाली नगरपालिका वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने गाईबस्तु राख्ने भएको छ।

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन्, बिरामी पर्दा उपचार पाउँदैनन्।’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सन्जालमा भनेका छन्,‘सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’ उनले काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेको जनाएका छन्।

शाहले हेरचाहका लागि दुईजना स्थानीयलाई दैनिक ज्यालादारीमा राखेको जानकारी दिए। उनले दक्षिणकाली नगरपालिकाको वडा नं ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध रहेको छ।

प्रकाशित: २२ कार्तिक २०८० ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =